एनआरएन यूरोप क्षेत्रको क्षेत्रीय सम्मेलन अगस्ट ३ मा रोममा गर्ने घोषणा

काठमाडौ – एनआरएन युरोपको १२औ सम्मेलन आगामी अगस्ट ३ मा रोममा गर्ने घोषणा गरिएको छ । युरोप क्षेत्रको साइबर बैठकले सम्मलेनको मिती तय गरेको हो । क्षेत्रीय सयोजक शिव बरुवालको अध्यक्षता बसेको बैठकले अगस्ट ३ र ४ तारिखमा सम्मेलन गर्ने निर्णय गरेको हो ।

युरोपका २८ रास्ट्रमा फैलिएर रहेको एन आर एन युरोप क्षेत्रको बैठकमा युरोप क्षेत्रका एन सि सि का अध्यक्ष तथा महासचिवहरु, आइसिसि सदस्यहरु, युरोप क्षेत्रका उपसयोजकहरु, महिला उपसयोजक, युवा उपसंयोजकको पनि सहभागिता रहेको थियो । सस्थाले बिगतमा गरेका गतिविधिको समिक्षा गर्दै आगामी कार्ययोजना तयार गर्न आयोजना गरिएको यस बैठकले युरोप क्षेत्रका आगामी कार्ययोजनामा संघको सदस्यता बितरण तथा नवीकरणलाई ब्यबस्थित रुपमा युरोपका सबै देशहरुमा अब तुरुन्तै सुरु गर्ने निर्णय भएको छ ।

त्यस्तै, बैठकले सबै एनसिसीहरुले समरमा नेपाल महोत्सवको आयोजना गरि नेपाल भ्रमण वर्ष २०२० को व्यापक प्रचार प्रसार गर्ने र यस बर्षको युरोप क्षेत्रको क्षेत्रीय भेला आगामी अगस्ट ३ र ४ मा इटालीको रोम शहर भब्य रुपमा आयोजना गर्ने निर्णय गरेको संयोजक शिव कुमार बरुवालले जानकारी गराउनुभयो । बैठकले १२औ युरोपेली भेलालाई भब्य रुपमा सम्पन्न गर्नको लागि युरोप सयोजक शिव बरुबालको सयोजकत्वमा युरोप क्षेत्रका सम्पुर्ण आइ सि सि सदस्य एन सि सि अध्यक्ष आयोजक रास्ट्र इटली को उपाध्यक्ष महासचिव समेत रहने गरि एक मुल आयोजक समिती गठन गरेको छ ।

युरोप उप सयोजक गोबिन्द प्रसाद गौतमले संचालन गर्नु भएको बैठकमा युरोप क्षेत्रका महिला उपसयोजक , युवा उपसयोजक साथै एन सि सि अध्यक्ष हरुले आफ्नो प्रगती प्रतिबेदन प्रस्तुत गर्दै सदस्यता बितरणको लागि संघले सुरु गरेको नयाँ डिजिटल प्रबिधीलाई सहज बनाउनु पर्ने र डाटा सुरक्षाको ग्यारेन्टी हुनु पर्ने कुरा राख्नु भएको थियो ।

आइसिसि सदस्यहरुले आइसिसि र एनसिसीबीच समन्वयको भुमिका खेल्दा भोगेका समस्याको बारेमा कुरा राख्नु भएको थियो भने बैठकमा आइ सि सि को तर्फबाट उपाध्यक्ष कुमार पन्त र सपिला राज भन्डारी ले सम्बोधन गर्दै आइ सि सि आगामी कार्ययोजना को बारेमा बताउनु भएको थियो ।


प्रकाशित | १३ चैत्र २०७५, बुधबार १२:३८