नायिका ऋचा शर्मा लेख्छिन् -भारतीय मिडियाबाट दुई पैसे नौटंकी भन्दा बढी आश छैन

काठमाडौँ :  नायिका मनिषा कोइरालाले गरेको एक ट्विटलाई लिएर भारतीय मिडियाले उनलाई तल्लो स्तरको गाली गर्न थालेपछि नेपाली सामाजिक संजालमा आम दर्शकदेखि कलाकारले उनको समर्थन गर्दै आफ्नो विचार व्यक्त गरिरहेका छन् ।

नायिका ऋचा शर्माले आफूले भारतीय मिडियाबाट दुई पैसे नौटंकीभन्दा बढी आशा नै नगरेको उल्लेख गरेकी छिन् । ऋचा लेख्छिन्–‘चाहे १९४२ लभ स्टोरी होस् या दिल से वा खामोशी । मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयौ कलाकारहरु समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनिषा आज पनि बलिउडमा दरिलो उपस्थिती जनाएर बसेकी छिन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।’

ऋचाले प्रियंका चोपडाले पनि हलिउडमा राम्रो स्थान बनाएको भन्दैमा उनले आफ्नो मातृभूमी भारतलाई विर्सिन भन्न नमिल्ने पनि उल्लेख गरेकी छिन् । ऋचाले लेखेकी छिन्–‘म चाहे बीसौ बर्ष कुनै संस्थामा काम गरुँ, त्यसका हाकिम मेरा लागि सधै हाकिम नै हुन्, माता वा पिता होइनन् ।’


प्रकाशित | १० जेष्ठ २०७७, शनिबार १३:१९