कोपनहेगन – गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कमा १७ पदको लागि २८ जनाको उम्मेदवारी परेको छ । अगष्ट ७ तारिखमा हुन लागिरहेको एनसिसी डेनमार्कको निर्वाचनमा १७ पदको लागि २८ जनाको उम्मेदवारी परेको हो । जसमा युवा प्रतिनिधिसहित महिलाका सबै पदमा निर्विरोध भएको छ ।
निर्वाचन समितिका संयोजक कृष्ण पौडेलका अनुसार महिला उपाध्यक्षमा जमुना देवी रिजाल कँटेल, महिला प्रतिनिधिमा मनिषा सिंह, युवा प्रतिनिधिमा गुरुदत्त लामिछाने, महिला सदस्यहरुमा रितादेवी कँटेल मिश्र, विमला शर्मा खरेल निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यस्तै, अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा शैलेन्द्र अधिकारी, गोविन्द पौडेल, दिपकराज रिजाल र शिव कार्कीको उम्मेदवारी परेको छ । आइसिसी सदस्यमा अर्शोक शर्मा र शशी श्रेष्ठको उम्मेदवारी परेको छ ।
यस्तो छ उम्मेदवारहरुको सूची

प्रकाशित | १५ श्रावण २०७८, शुक्रबार २२:०६