अख्तियार प्रमुखमा प्रेमकुमार राई सिफारिस

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस हुनुभएको छ । संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको जनाइएको छ । सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो।


प्रकाशित | ५ पुष २०७७, आईतवार १५:२५