शेयर बजारमा झिनो बढोत्तरी: कारोबारमा एनसीसी बैंक अग्रस्थानमा

काठमाडौं: नयाँ वर्ष लागेसँगै बढेको शेयर बजारमा उत्तरचढाव देखिएको छ । सोमबार दोहोरो अंकले बढेको शेयर बजारमा आज भने झिनो बढोत्तरी देखिएको हो । आज नेप्से मापन गर्ने सूचक १.८७ अंकले बढेर परिसूचक १३०१.२८ बिन्दुमा रोकिएको छ । १७६ कम्पनीको २५ लाख २० हजार ७९० कित्ता सेयर ७२ करोड ८८ लाख २८ हजार ७४५ रुपैयाँको सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी होटेल समूह १०१.०७ अंकले बढेको छ । यस्तै डेभलपमेन्ट बैंक २.०२, निर्जीबन बीमा ५.२३, उत्पादन तथा प्रशोधन १५.८१, अन्य ९.४७, माइक्रोफाइनान्स ४.१२ र जीवन बीमा १.०८ अंकले बढेको छ । बाँकीको कारोबारमा गिरावट आएको छ ।  कारोबार रकमको आधारमा एनसीसी बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड ९४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्ट र नेपाल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार १८:१९