भक्तपुर: सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयको ब्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको छ । नगर प्रमुख बासुदेव थापाले एक कार्यक्रमका बीच बुधबार सो तालिमको उद्घाटन गर्नुभयो ।

उहाँले सो अवसरमा सामुदायिक विद्यालयलाई बलियो बनाउन जनप्रतिनिधि लागेको बताउँदै सबैको साथ र सहयोग भएमा लक्ष्यमा पुग्न सकिने बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले थालेको नमूना अम्यासले शिक्षामा देशब्यापी चर्चा पाएकाो बताउँदै उपत्यका मेयर्स फोरम तथा संघीय सरकारको नीति तथा कार्यक्रममा पनि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ती गर्ने निर्णय गरिएकाले सूर्यविनायकले चर्चासँगै ब्यवहारमा पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चर्चाले मात्र नहुने भन्दै परिणाम राम्रो ल्याउनतर्फ लागिपर्न आग्रह गर्नुभयो ।

सामुदायिक विद्यालयको गुणस्तर सुर्धान र बलियो बनाउन ब्यवस्थापन समितिले कस्तो भूमीका खेल्नुपर्छ भनेर यो तालिम आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो । साथै मेयर थापाले तालिमबाट सिकेका कुरालाई विद्यालयमा गएर लागू गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, सामाजीक विकास समितिका संयोजक तथा प्रवक्ता रविन्द्र सापकोटा, शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख रत्न बहादुर कट्वाल, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ र वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायत जनप्रतिनिधिहरु तथा तालिममा नगरपालिकाका सामुदायिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्षहरु सहभागि हुनुहुन्छ ।
प्रकाशित | २७ असार २०८०, बुधबार २१:३२