एनआरएनए मकाउको अध्यक्षमा राजेश प्रसाई निर्विरोध

मकाउ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा राजेश प्रसाई निर्विरोध चयन हुनु भएको छ । प्रसाई आगामी कार्यकाल (२०२१-०२३) को लागि अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो ।

अध्यक्षका अर्का प्रत्यासी निर्मला थापा मगर विरुद्ध दावी विरोध परेपछि दावी विरोध उपर आवश्यक पर्ने प्रमाण सहितको कागजात उपलब्ध नभएको भन्दै प्रसाई अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो ।

त्यस्तै, प्रथम उपाध्यक्षमा विजय राज अर्याल, दितीय उपाध्यक्षमा भिमसेन श्रेष्ठ, महासचिवमा उत्तम गुरुङ, सचिवमा शिव थापा, कोषाध्यक्षमा निरञ्जन खडका, सहकोषाध्यक्षमा दीपक तामाङ, युवा संयोजकमा अमृत गुरुङ, महिला संयोजकमा कुमारी सुब्बा निर्विरोध चयन हुनु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त विकेन जोशी, सदस्यहरु बाबा भाइ र चिरञ्जीवी पौड्याल रहेको निर्वाचन समितिले आइसिसी सदस्यहरु मंगल बहादुर राई र शान्तिदेवी अधिकारी, निर्वाचन अनुगमन समितिको तर्फबाट पूर्व आइसिसी सदस्य समेत रहनु भएका उदय राज वाग्ले र अनुगमन पर्यवेक्षक सदस्य शीव थापाको उपस्थितिमा निर्वाचन सम्पन्न गरिएको जानकारी अन्तर्राष्ट्रिय समन्वय परिषद, एसिया क्षेत्रीय संयोजक र उपसंयोजकमार्फत गराइएको छ ।

नयाँ कार्यसमितिलाई सपथ तथा नेतृत्व हस्तान्तरण २९ तारिखका दिन तय गरिएको छ । 


प्रकाशित | ११ श्रावण २०७८, सोमबार १६:०६