पेट्रोल-डिजेलको मूल्य फेरी बढ्यो

काठमाडौ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढेको छ । नेपाल  आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको हो । पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढेको छ ।

आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको मूल्य भने एक हजार ८ सय रूपैयाँ नै छ । त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ छ ।


प्रकाशित | २७ जेष्ठ २०७९, शुक्रबार ०७:३६