एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । अपराह्न ३ बजे बस्ने बैठकले सोमबार प्रष्टीकरण सोधिएका २२ सांसदलाई थप कारबाही गर्ने तयारी गरेको छ ।

सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधे पनि उनीहरुले यसको जवाफ दिएका छैनन् ।

सोमबारदेखि जारी एमाले बैठकमा पार्टी विवाद समाधानका उपाय, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल जारी रहेको रहेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो । यसअघि सोमबारको बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको थियो ।


प्रकाशित | ५ श्रावण २०७८, मंगलवार ०९:०३