एनआरएनए बेल्जियमको निर्वाचनमा वुथ कब्जा गर्ने प्रयास, आक्रमणमा तीन घाइते, निर्वाचन आयुक्त माथि समेत कुटपिट

बेल्जियम। गैर आवासीय नेपाली संघ, बेल्जियमको निर्वाचनमा बुथ कब्जा  गर्ने प्रयास गरिएको छ । संघको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत आन्त्र्वोपेन क्षेत्रमा विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी बुथ कब्जा गर्ने प्रयास गरिएको हो ।

निर्वाचन आयुक्त लोक दहाल, निर्वाचन सदस्य सचिव शिव कुमार वरुवाल र क्षेत्रीय निर्वाचन संयोजक पवन सुवेदीले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति अनुसार विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भूईँमा छरपष्ट पार्दै वुथ कव्जा गरी मत पेटिका कव्जा गर्ने प्रयास गरिएको हो ।

निर्वाचनमा वुथ कव्जा गर्ने क्रममा आक्रमणकारी व्यक्तिहरुले एक किसिमको केमिकल प्रयोग गरी पूर्व उपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना केसी, निर्वाचनमा कोषाध्यक्षको उमेदवार रहनु भएका पुष्प नेपाल (लोकन्द्र) माथि सांघातिक आक्रमण गरी घाइते बनाएको र उक्त घटना घट्दै गर्दा सो निन्दनीय कार्यको विरोध गर्दै उनीहरुलाई सम्झाउन जाँदा निर्वाचनका आयुक्तलाई समेत आक्रमण गरी कुटपिट गरिएको  विज्ञप्तिमा उल्लेख छ ।

सो घटनाको निर्वाचन समितिले घोर निन्दा गर्दै अमानवीय घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै उक्त घटनालाई कानूनी रुपमा नै अगाडि बढाउने तथा आक्रमणकारीहरुको पहिचान र उक्त घोर निन्दनीय घटनालाई संचालन गर्ने श्रोतसम्म पहिचान गरी कानुनी उपचारतर्फ जाने जनाइएको छ ।

निर्वाचन समितिले उक्त आक्रमणकारीहरुको पहिचान खोजी गर्न बेल्जियमको प्रहरी प्रशासन समक्ष उक्त घटनाको तथ्य प्रमाण र भिडियो फुेटजहरु बुझाइ सकिएको समेत जनाएको छ । साथै प्रहरी प्रशासनको प्रारम्भिक अनुसन्धानमै आक्रमणकारीहरुको पहिचान खुलिसकेको र स्रोत संचालक खोजीको लागि प्रहरी प्रशासनले थप समय मागेको पनि जनाइएको छ ।

त्यस्तै, उक्त घटना कै सिलसिलामा निर्वाचनमा संलग्न पक्षहरु मध्ये एक पक्षबाट आएको विज्ञप्तिप्रति निर्वाचन समितिको गम्भीर ध्यानकर्षण भएको जनाउँदै अवको बाटो कानुनी नै भएकोले सम्वद्ध सवैलाई कानुनी उपचार र फैसालको प्रतिक्षा गर्न आग्रह गरिएको छ ।

निर्वाचन समितिको तर्फबाट मतपत्रहरु एनआरएनए केन्द्रीय प्रतिनिधिहरु, एनआरएनए प्रतिनिधि र उम्मेदवारको रोहवरमा मतपेटिका सुरक्षीत रहेको जानकारी गराउँदै निर्वाचन समितिले अब कसरी अगाडी बढ्ने बिषयमा आइसिसी र उम्मेदवारहरुसँगको परामर्श गरि तय गर्ने जनाएको छ ।

निर्वाचन समितिले एक पक्षीय नामको मात्रै रुझु गर्दा सो घटना घट्यो : गठबन्धन

त्यस्तै, विभिन्न पाँच वटा गठबन्धनको समर्थनमा अध्यक्षका साझा उम्मेदवार चेतप्रसाद भट्ट (सिपि) पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै आन्तोर्पेन बुथको घटना निन्दानीय भन्दै भर्त्सना गरेको छ । संयुक्त गठबन्धनले भने सदस्यता वितरण तथा नवीकरण समिति र निर्वाचन समितिका संयोजकको निष्पक्षतामाथि प्रश्न गर्दै घटनाको कारण उनीहरुनै रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘यो घट्ना घट्नुको कारण एनआरएन बेल्जियमको सदस्य वितरण तथा नवीकरण समितिको संयोजक तीर्थ धमलाको नियोजित चरम लापरबाही सदस्यता भैसकेको व्यक्तिहरुलाई पनि छानिछानी हटाउने  र निर्वाचन समितिको संयोजक लोक दाहाललगायतले एक पक्षीय नामको मात्रै रुझु गर्ने । भएको नाम पनि छिनछिनमै विभिन्न क्षेत्रमा पार्ने । यस्ता सबै गलत क्रियाकलापलाई रोक्न नसक्ने निवर्तमान समिति पनि जिम्मेवार रहेको ठहर गर्दै निस्पक्ष छानबिनको गरियोस् भन्न चाहान्छौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटा, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष जित लामा, नेपाली सङ्घीय समाज बेल्जियमका महासचिव लोक राना र प्रवासी नेपाली एकता मञ्च बेल्जियमका अर्जुन दाहालको हस्ताक्षर रहेको छ ।

यस्तो छ निर्वाचन समितिको प्रेस विज्ञप्ति

२५ जुलाई २०२१ का दिन गैर आवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्र्तगतको निवाचनमा बेल्जियमस्थित ७ वटैं निर्वाचन क्षेत्रहरुहरुमा निर्धारित समय विहान ९:०० वजेदेखि दिउँसो ५:०० वजेसम्म निर्वाचन सम्पन्न भईरहेको थियो । तर अकस्मात आन्त्र्वोपेन क्षेत्रमा लगभग ४:४५ वजे विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भूईँमा छरपष्ट पार्दै वुथ कव्जा गरी मत पेटिका कव्जा गर्ने प्रयास गरियो । त्यसको प्रतिकार गरी मतपेटिकालाई जोगाउनको लागि निर्वाचन स्थलमा उपस्थित एनआरएन सदस्यहरु प्रतिकार गर्न जाँदा उपस्थित दिदीबहिनी तथा दाजुभाईहरु माथि पनि सांघातिक आक्रमण भई घाईते बनाईयो ।

उक्त निर्वाचन वुथ कव्जाको शिलसिलामा आक्रमणकारी व्यक्तिहरुले एक किसिमको केमिकल प्रयोग गरी पूर्व उपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना के.सीं, यस निर्वाचनमा कोषाध्यक्षको उमेदवार रहनु भएका पुष्प नेपाल (लोकन्द्र) माथि सांघातिक आक्रमण गरी घाईते बनाइएको छ । त्यस्तै उक्त घटना घट्दै गर्दा सो निन्दनीय कार्यको विरोध गर्दै उनीहरुलाई सम्झाउन जाँदा यस निर्वाचनका निर्वाचन आयुक्त लाई समेत आक्रमण गरी कुटपिट गरिएको छ ।

मतपेटिकालाई फुटाली मतपत्रहरुलाई भूँईमा छिरोली वुथ कव्जा गर्न खोजेता पनि त्यहाँ उपस्थित सचेत एनआरएनका सदस्य साथीहरुले त्यसको प्रतिकार गर्दै आन्त्र्वोपेन क्षेत्रको सवै मटपत्रहरु सुरक्षित राख्दै पुन अर्को वक्सको व्यवस्था गरी सुरक्षित राखिएको छ ।

यसै सिलसिलामा भएको यो घटना घोर निन्दनीय, अपमानजनक र अमानवीय घटनाप्रति निर्वाचन समितिको ध्यानाकार्षण भएको र उक्त घटनालाई कानूनी रुपमा नै अगाडि बढाउने र आक्रमणकारीहरुको पहिचान र उक्त घोर निन्दनीय घटनालाई संचालन गर्ने श्रोतसम्म पहिचान गरी कानुनी उपचारतर्फ जाने निर्वाचन समिति दृढ निर्णय र संकल्प रहेको छ । एनआरएन बेल्जियमका साधारण सदस्यहरुको समेत उक्त कानुनी उपचारको माग रहेको जानकारी गराँउदछौं ।

उक्त आक्रमणकारीहरुको पहिचान खोजी गर्न बेल्जियमको प्रहरी प्रशासन समक्ष उक्त घटनाको तथ्य प्रमाण र भिडियो फुेटजहरु बुझाइ सकिएको छ । साथै प्रहरी प्रशासनको प्रारम्भिक अनुसन्धानमै आक्रमणकारीहरुको पहिचान खुलिसकेको छ र श्रोत संचालक खोजीको लागि प्रहरी प्रशासनले थप समय मागेको जानकारी यहाँहरुलाई गराउन चाहन्छौं ।

उक्त घटना कै सिलसिलामा निर्वाचनमा संलग्न पक्षहरु मध्ये, एक पक्षबाट आएको विज्ञिप्ति प्रति निर्वाचन समितिको गम्भीर ध्यानकर्षण भएको जानकारी गराउँदै अवको बाटो कानुनी बाटो नै भएकोले सम्वद्ध सवैलाई कानुनी उपचार र फैसालको प्रतिक्षा गर्न आग्रह गर्दछौं । बेल्जियम स्थित समस्त मतदाता ज्युहरुले आफ्नो अमुल्य मतदान गरि दिनु भएको सबै मतदाताहरु प्रती हार्दिक धन्यवाद दिदै निर्वाचन समितिको तर्फ बाट मतपत्रहरु एन आर एन ए केन्द्रिय प्रतिनिधिहरु , एन आर एन ए प्रतिनिधि र उम्मेदवारको रोहवरमा मतपेटिका सुरक्षीत रहेको ब्यहोरा समेत यसै बिग्यप्ती द्द्यारा जानकारी गराउदछौ ।

अब कसरी अगाडी बडने बिषयमा आई सी सी र उम्मेद्वार हरू सॅग परामर्ष गरी जानकारी गराउने छौ

धन्यबाद

निर्वाचन सदस्य सचिव शिव कुमार वरुवाल

निर्वाचन आयुक्त लोक दहाल

क्षेत्रीय निर्वाचन सम्योजक पवन सुवेदी

यस्तो छ विपक्षी पाँच गठबन्धनको संयुक्त विज्ञप्ति

आज 25 जुलाई 2021 मा भएको एनआरएन बेल्जियमको निर्वाचनको सन्दर्भमा आन्तोर्पेन बुथमा जुन ढङ्गको घटना भयो त्यस प्रकारको घटना निन्दानिय छ र त्यो घटनाको हामी भर्त्सना गर्दछौं ।

यो घट्ना घट्नुको कारण एन आर एन बेल्जियमको सदस्य बितरण तथा नबिकरण समितिको संयोजक तिर्थ धमलाको नियोजित चरम लापरबाही सदस्यता भैसकेको ब्यक्तिहरुलाई पनि छानी छानी हटाउने हरेक दिन हरेक घण्टा घण्टामा फरक फरक नाम लिस्ट निकाल्ने र निर्वाचन समितिको संयोजक लोक दाहाल लगाएतले एक पक्षिय नामको मात्रै रुझु गर्ने भएको नाम पनि छिन छिनमै विभिन्न क्षेत्रमा पार्ने कहिले अर्कै क्षेत्रमा पार्ने काम भएकोले त्यसको निस्पक्ष छानबिन गरियोस र वर्तमान सदस्यता बितरण समिती र निर्वाचन समितिलाई भविस्यमा यस्तै सामाजिक जिम्मेवारि नदिन अपिल गर्दछौं । यस्ता सबै गलत क्रियाकलापलाई रोक्न नसक्ने निवर्तमान समिती पनि जिम्मेवार रहेको ठहर गर्दै निस्पक्ष छानबिनको गरियोस भन्न चाहान्छौँ।

सीता सापकोटा, सभापती नपाली जनसम्पर्क समिती बेल्जियम, जित लामा, अध्यक्ष, नेपाली जनप्रगतिशिल मंच बेल्जियम, लोक राना, महासचिव, नेपाली सङ्घिय समाज बेल्जियम, अर्जुन दाहाल, प्रवासी नेपाली एकता मंच बेल्जियम


प्रकाशित | ११ श्रावण २०७८, सोमबार ०९:१५