कोभिड प्रभावितलाई ऋण तिर्ने समय एक वर्ष थप

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड(१९ बाट प्रभावित ऋणीहरुलाई ऋण तिर्नका लागि एक वर्षको समय थप गरेको छ । मंगलबार राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै ऋणीहरुलाई ऋण तिर्नका लागि आगामी पुस मसान्तसम्मको समय दिनुपर्ने निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशनसँगै ऋणीहरुका लागि भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गरिएको छ । यससँगै कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय , लघु, घरेलु, साना तथा मझौला व्यवसायीले राहत पाएका छन् ।


प्रकाशित | ९ भाद्र २०७८, बुधबार १०:३१