झुठो विवरण पेश गरि छोरालाई नेपाली नागरिकता दिलाउन खोज्ने भारतीय नागरिक पक्राउ

वीरगन्ज: गलत विवरण पेश गरी छोरालाई नेपाली नागरिकता दिलाउन खोज्ने भारतीय नगारिक पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा आफ्नो छोराको नागरिकता बनाउन पुगेका भारतीय नागरिक सदामा साह तेली जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ परेका हुन् ।

वीरगन्ज महानगरपालिका–१३ स्थायी ठेगाना देखाएर तेली आफ्नो छोराको नागरिकता बनाउन पुगका उनलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगएको हो । तेलीले गलत विवरण बनाएर २०६३ सालमा आफ्नो नाममा नेपाली नागरिकता लिएका थिए । उनी भारतीय नागरिक भएको उजुरी परेपछि गृह मन्त्रालयले २० पुस २०६८ मा उनको नागरिकता बदर गरिदिएको थियो ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १४:३०