बहराईन। गैर आवासीय नेपाली संघ (एनआरएनए) बहराईनको अध्यक्षमा लक्ष्मी गिरी विजयी हुनु भएको छ । एनसिसी बहराईनकोअध्यक्षमा गिरी पुन: निर्वाचित हुनु भएको हो ।
शुक्रबार राति सम्पन्न संघको निर्वाचनमा गिरीले कुल १ हजार २६५ मत खसेकोमा ९५६ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । गिरीको प्रतिस्पर्धी सुभाष केसीले ३०९ मत पाउनु भयो ।
त्यस्तै, महासचिवमा राजकुमार श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले कुल १ हजार २५१ मत खसेकोमा ९४९ मत पाउनु भयो भने उहाँको प्रतिस्पर्धी देवेन्द्र गिरीले ३०२ मत पाउनु भयो ।
संघको सचिव पदमा विरेन्द्र बुढाथोकी विजयी हुनु भएको छ । बुढाथोकीले कुल १ हजार २४७ मत खसेकोमा ९५० मत पाउनु भयो भने उहाँको प्रतिस्पर्धी अशोक आचार्यले २९७ मत पाउनु भयो ।
त्यस्तैगरि, कोषाध्यक्षमा भावना आचार्य विजयी हुन भएको छ । आचार्यले कुल १ हजार २५० मत खसेकोमा ९५१ मत पाउनु भयो भने उहाँको प्रतिस्पर्धी करुण टण्डनले २९९ मत प्राप्त गर्नु भयो ।
एनआरएनए बहराईनमा चार पद बाहेक सबै पदमा यसअघि नै निर्विरोध भइसकेको छ । एनआरएनए बहराइनको वरिष्ठ उपाध्यक्षमा अमर श्रेष्ठ, उपाध्यक्षहरुमा तिर्थ बहादुर भण्डारी र युवराज प्याकुरेल, महिला उपाध्यक्षमा कृष्ण कुमारी गुरुंग निर्विरोच निर्विरोध हुनु भएको छ ।
सहसचिवमा कृष्ण प्रसाद गैरे, महिला संयोजकमा संगिता खत्री, सहकोषाध्यक्षमा दिप विक्रम राना, युवा संयोजकमा सन्त कुमार न्यौपाने निर्विरोध चयन हुनु भएको छ ।
त्यस्तैगरि, सदस्यहरु तिलक बहादुर कार्की, दिपक बहादुर दर्जी, शुशीला क्षेत्री, रुद्रमणी उप्रेती, मिना तामांग, फलामसिंह लामा र सूर्य भण्डारी चयन हुनु भएको छ । यता आइसिसी सदस्यमा भने दिनेश बहादुर बस्नेत निर्विरोध चयन हुनु भएको छ ।



प्रकाशित | ९ श्रावण २०७८, शनिबार ०८:२४