भारतको नयाँ नक्सा प्रति एनआरएनए अमेरिकाज् क्षेत्रको आपत्ति

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रले भारतले नयाँ नक्सामा नेपालको भूभागलाई राखेको प्रति आपत्ति जनाउँदै विरोध गरेको छ । अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले एक विज्ञप्ति निकाल्दै भन्नुभएको छ, भारतले हालसालै एकतर्फी रुपमा जारी गरेको नक्सामा नेपालको महत्वपुर्ण भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समिटेएको बिषय प्रति गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद अमेरिकाज् क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ।

प्रेस विज्ञप्ती

“यो जन्मदै जगतमा कैयौं प्रहार आए, हारे साम्राज्य दुई हारेन
शान हाम्रो”

भारतले हालसालै एकतर्फी रुपमा जारी गरेको नक्सामा नेपालको महत्वपुर्ण भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समिटेएको बिषय प्रति गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद अमेरिकाज् क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र स्वतन्त्रता बिषयमा छिमेकबाट भएको यो गलत हर्कत र कदम नेपालीका निम्ति किमार्थ स्विकार्य छैन।

छिमेकी देशमा देखिने यस्ता सीमा सम्बन्धी समस्याको समाधान दुई पक्षका बिच छलफल र सहमतिमा कुटनितिक तबरले बैज्ञानिक ढंगबाट निराकरण गर्नुको सट्टा ऐतिहासिक दस्तावेज र प्रमाणलाई एकातिर पन्छाई अगाडी बढ्न खोज्नु भारत सरकारको बल मिच्याई र गलत प्रवुत्ति हो। नेपाल आमाको छात्तिमा जबरजस्त कुल्चिने चेष्टाका बिरुद्ध संसारभर छरिएर बसोबास गरेका नेपालीहरुले एकढिक्का भई लड्नेछन्।

नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो अति संवेदनसिल बिषयमा हामी गैर आवासीय नेपालीहरु संधै नेपाल र नेपाली जनताको साथमा रहेका छौ र रहेने छौ। संगै २१ औं शताब्दीमा आएर पनि नेपालको अस्मिता माथि भारतबाट गरिएको ठाडो प्रहार र हस्तक्षेपकारी भुमिकाका बिरुद्ध अन्तराष्ट्रिय जनमत सृजना गर्न हामी तयार छौ।

अन्तमा, भारत सरकारले आफ्नो त्रुटी र महाभुललाई तत्काल सच्याई दुई देशको छिमेकीका बिच सुमधुर सम्बन्ध कायम राख्न तल्काल कदम चालोस्।

जय मातृभुमी !
जय नेपाल !!
जय एनआरएनए !!!

राजन त्रिपाठी
क्षेत्रीय संयोजक
गैर आवासीय नेपाली संघ,
अमेरिकाज् क्षेत्र


प्रकाशित | २३ कार्तिक २०७६, शनिबार १४:३६