एमसिसी अनुमोदनमा सहयोग गर्न ओलीलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।  भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार जवाफमा ओलीले पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेकाले ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने बताउनु भएको थियो ।

भेटवार्ताा ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित | १० फाल्गुन २०७८, मंगलवार २१:३९