कोरोना नियन्त्रणमा सहकार्य गर्ने मोदीको आश्वासन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नु भएको छ ।

यस्तै मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ । बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको बताइएको छ ।


प्रकाशित | ४ श्रावण २०७८, सोमबार १७:३८