काठमाडौँका तीन क्षेत्रमा लकडाउन

काठमाडौँ – कोरोना संक्रमण धेरै देखिएका काठमाडौंका तीन क्षेत्रमा लकडाउन गरिएको छ । काठमाडौँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलका अनुसार काठमाडौँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबौद्ध, भोटाहिटी र वडा नं. ५ अन्तर्गत हाँडीगाउँ क्षेत्र लकडाउन गरिएको हो ।

सो क्षेत्रमा एकै परिवारका पाँच जनामा सङ्क्रमण देखिएको थियो । लकडाउन एक सातादेखि १४ दिनसम्म अवस्था हेरेर गर्ने निर्णय गरिएको हो ।


प्रकाशित | २५ श्रावण २०७७, आईतवार १९:५७