जुँगा प्रतियोगिताको वल्र्ड च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै कैलाश नाउ

काठमाडौं : जुँगा प्रतियोगिताको वल्र्ड च्याम्पियनसिपमा नेपालको तर्फबाट मलेसियामा बस्दै आउनुभएको कैलाश नाउले प्रतिनिधित्व गर्नुभएको छ । बेल्जियममा शनीबारदेखि शूरु जुँगाको वल्र्ड च्याम्पियनसिपमा नेपालको तर्फबाट नाउले आज प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

प्रतिस्पर्धामा विश्वरीका विभिन्न देशको सहभागिता रहेको छ । लामो समयदेखि मलेसियामा बस्दै आउनुभएको नेपालको नवलपरासीका नाउँको जुँगाको चर्चा विश्वभरी छ । विशेष गरि मलेसियाका प्रधानमन्त्रीले नाउँसँग सेल्फी खिचाएपछि उनको क्रेज ह्वात्तै बढेको थियो । वल्र्ड च्याम्पिसनसिप हरेक दुइ वर्षमा हुँदै आएको छ ।

 


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ०९:४८