काठमाडौं । बुध्द एयरले विभिन्न गन्तव्यका लागि काठमाडौंबाट दैनिक ५६ वटा उडान गर्ने भएको छ । सरकारले आन्तरिक उडान पूर्ण रुपमा खोल्ने निर्णय गरेसँगै बुध्द एयरले ५६ उडान गर्ने भएको हो ।
बुध्द एयरका अनुसार सबैभन्दा धेरै उडान काठमाडौंदेखि भैरहवा र बिराटनगरमा ९/९ उडान, पोखरामा दैनिक ८ वटा उडान, भरतपुरमा दैनिक ६ वटा उडान, भद्रपुर र सिमरामा दैनिक ५र५ वटा उडान हुनेछन् ।
त्यस्तै, नेपालगञ्ज र जनकपुरमा दैनिक ४/४ वटा उडान, धनगढीमा दैनिक ३ वटा उडानका साथै सुर्खेत, तुम्लिङटार र राजबिराजमा दैनिक १र१ वटा उडान हुनेछन् । काठमाडौं- राजबिराज- काठमाडौंको उडान जुलाई ९ तारिखदेखि शुरु हुने बुध्द एयरले जनाएको छ ।

प्रकाशित | २३ असार २०७८, बुधबार २१:३१