एनआरएनए अमेरिकाको नेतृत्व हस्तान्तरण, नवनिर्वाचित कार्यसमितिले लियो सपथ

न्यूर्योक । गैर आवसाीय नेपाली संघ (एनआरएनए) अमेरिकामा नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एनआरएनए अमेरिकाको १० औ वार्षिक साधारण सभाको अवसरमा नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेका हुन्।

५० मध्ये २९ राज्य च्याप्टरबाट निर्वाचित निर्वाचित एनसीसी कार्यसमितिलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त विश्व बरालले सपथ ग्रहण तथा पदभार ग्रहण गराउनु भएको हो । कार्यक्रममा निर्वाचन आयोगका आयुक्तहरु बाशु फुलारा, शिव पौडेल, कुलमणी आचार्य र गोविन्द श्रेष्ठ पनि सहभागि हुनुहुन्थ्यो । सपथ ग्रहण लगत्तै आगामी (२०२१-०२३) कार्यकालको लागि निर्वाचित बुद्धि सागर सुवेदी नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण समेत गरेको छ ।

साधारणसभा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले उद्घाटन गर्नु भएको थियो । एनआरएनए आइसिसी उपाध्यक्ष डा. बद्री केसी, अर्का उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी राज जोशी, क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय उपसंयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका प्रमुख संरक्षक डा.केशव पौडेल, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष प्रभु थापालगायत, आईसिसी सल्लाहकार तथा सदस्यहरुको पनि कार्यक्रममा सहभागिता थियो । अध्यक्ष सुनील साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न प्रतिवेदनउपर छलफल गर्दै पारित समेत गरेको थियो ।

यस्तो छ कार्यसमिति

१ बुद्धि सागर सुवेदी -अध्यक्ष

२. बरिष्ठ उपाध्यक्ष – कृष्ण जीबी पन्त

३. उपाध्यक्ष -गोपेन्द्र भट्टराई

४. उपाध्यक्ष -सुमन थापा

५. उपाध्यक्ष -डिलु पराजुली

६. उपाध्यक्ष -बिकाश राज उप्रेती

७. महिला उपाध्यक्ष -दीक्षा बस्नेत

८. महासचिव -अन्जन कुमार चौलागाइ

९. सचिव -अनुप खनाल

१०. महिला सचिव -सुनिता कंडेल

११. कोषाध्यक्ष- राजीव श्रेष्ठ

१२. सह-कोषाध्यक्ष -अग्नि ढकाल

१३. महिला संयोजक- सुन्दरी गुरुङ

१४. युवा संयोजक- त्रिभुवन पाण्डे

१५ प्रवक्ता (पछि मनोनीत हुने ) खाली

बोर्ड सदस्यहरु

१. विशाल राना

२. प्रकाश श्रेष्ठ

३. बाला राज घिमिरे

४. डोलनाथ घिमिरे

५. प्रल्हाद सापकोटा

६. ज्ञानेन्द्र गुरुङ

७. सन्तोष पहारी

८. आशिष संग्रौला

९ शान्ति पौडेल

१० विश्व राज बास्तोला

११. दुर्गेश कार्की

१२ . राज ढुंगाना

अन्तराष्ट्रिय परिषद सदस्यहरु (आइसिसी सदस्य )

१. संजीव कुमार श्रेष्ठ

२. अमृत सापकोटा

३. बिन्दु निरौला

४. सुरेन्द्र मल्ल

५. संजय थापा

६. गोविन्द सुबेदी

७. नारायण कंडेल

८. बिनोद तिवारी

९. बिष्णु शाह

This image has an empty alt attribute; its file name is new-elected-usa1.jpg

प्रकाशित | २० असार २०७८, आईतवार १२:१३