एनआरएनए अमेरिकाज् क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनका विषयमा उठेका सवाल

राजन त्रिपाठी

यस गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद अमेरिकाज् क्षेत्रको क्षेत्रीय सम्मेलन तथा ज्ञान (बिज्ञ) भेला ४-६ सेक्टेम्बर २०२० मा सम्पन्न भएको यहॉंहरुलाई सर्बबिदितै छ। उक्त कार्यक्रमलाई सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउनु हुने एवं भुमिका निर्वाह गर्नुहुने तपाईहरु सबै प्रति आभार साथै हार्दिक धन्यवाद प्रकट गर्दछु।

कार्यक्रमलाई ब्यबस्थित, मर्यादित, समावेशिता र सहभागिमुलक बनाउनका लागि हामीले शुरु देखिकै गम्भीरताका साथ अगाडी बढेको तथ्यलाई पुन: एक पटक दोहोराउन चाहन्छु । त्यसैले बिगतका बर्षहरुमा क्षेत्रीय संयोजक मात्र आयोजक रहने परम्परालाई तोड्दै सामुहिक जीम्मेवारी बहन गर्नको लागी मेरो चेयरमा डीआरसि, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक एबं आयोजक रास्ट्र क्यानाडाबाट एकजना आईसिसि सदस्य गरी जम्मा ४ सदस्यीय कार्यक्रम समन्वय समिति बनाएका थियौ। जसमा समावेशिताको सिद्धान्तलाई पुर्ण रुपमा पालना गर्दै ५०% महिलालाई नेत्त्रित्वदायी भूमिकामा सहभागि गराईएको पनि स्मरण गराउन चाहन्छु। मैले आफ्नो क्षमताले भ्याएसम्ममा हरेक प्यानल छलफलमा महिला एबं युवालाई कसरी सहभागिता गराउन सकिन्छ भनेर सक्दो प्रयास गरेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । कार्यक्रममा महिला सहभागिता कम भयो भन्ने बिषयमा भविष्यमा हुने यस्ता कार्यक्रमहरुमा यो पटक देखिएको समस्याहरु दोहोरिन नदिने तर्फ उच्च सतर्कता अपनाईने बारेमा तपाईहरु माझ सार्बजनिक रुपमै प्रतिज्ञा गर्दछु।

Nepali Women Global Network (NWGN), जो सधैं महिला हकहितका लागि अग्रणी स्थान रहेर महिला अधिकारका लागि समर्पित हुनु हुन्छ वहाँहरुले हामीलाई महिला सहभागिता कम भएको बारे सचेत गराउनु भएको र वहाँहरुको रचनात्मक सल्लाह सुझावलाई हामीले हृदय देखि मनन गरेका छौं। महिला अधिकार र महिला समावेशीको यस आन्दोलनमा हामी पनि संगैको साझेदार हौँ भन्ने बिश्वास दिलाउन पनि चाहन्छु। यसको पहलकदमी स्वरूप महिला सहभागिताको बिषयमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदसँग स्पष्ट गाईड लाईन बनाउनका लागी म स्वयम्ले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदको आगामी बैठकमा जोरदार आवाज उठाउने छु। साथै, निकट भविष्यमा नै NWGN को सशक्त टिमसँग मिलेर संयुक्त रुपमा केहि कार्यक्रमहरु गर्ने घोषणा समेत यसै बिज्ञप्ति मार्फत गर्दछु।

हरेक उकालीहरु हामी सबैको निम्ति नयॉं शिक्षा र पाठ हुने मानवीय स्वभाब नै हो। सामाजिक संघ संस्थामा काम गर्दा आईलाग्ने यस्ता समस्याहरु आफैमा एउटा पाठ हो। काम गर्दै जाँदा गल्ति पनि हुन्छ, पाठ पनि सिकिन्छ। तर त्यो पाठ भविष्यमा पनि लागु गरिएन भने त्यो चाहि गल्ति मात्र न भएर नियतवश गरेको हो भन्ने हुन्छ र त्यो गल्ति न भएर अपराध हुन्छ। हाम्रो नियत कहिँ कतै पनि महिला सहभागिता कम होस् भन्ने थियन र सके सम्म महिला सहभागिता मात्र हैन, महिलाहरुले नेत्त्रित्वदायी भूमिका खेल्नु पर्छ भन्ने हो। यसमा मेरो व्यक्तिगत प्रतिबद्धता सधै रही रहेको अवगत गराउदै भविष्यमा झन् बढि यसमा सजग भएर काम गर्ने छु भन्ने प्रतिबद्धता पुन: दोहोराऊछु।

अन्तमा, फेरीपनि म हिजोको दिनमा देखिएको कमी कमजोरीहरुलाई क्रमिक रुपमा महशुष र सुधार गर्दै अगाडी बढौ भन्दै कार्यक्रमको सम्बन्धमा सामाजिक संजालहरुबाट प्राप्त सुझाव र सकरात्मक भावानालाई आत्मासाथ समेत यसै बिज्ञप्ती मार्फत गर्दछु। यस संघको हित र नेपाली समाजको भलोका निम्ति तपाईहरुले दिनु हरेक सल्लाहको उच्च सम्मान गर्दछु।

त्रिपाठी गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजक हुनुहुन्छ ।


प्रकाशित | २४ भाद्र २०७७, बुधबार १२:२४