धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार, ‘रङ्गशाला बन्छ नेपालीको’ (भिडियो)

काठमाडौं : धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान चलीरहेको छ । त्यसैअनुरुप गायक बद्रि पंगेनी र पुर्णकला बिसीले ‘रङ्गशाला बन्छ नेपालीको’ शिर्षकको गीत सार्वजनिक गरेका छन्। दुर्गा पंगेनीले लेखेका गीतमा संगीत बद्रि पंगेनीले नै दिएका छन् ।

हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउन सबै लागी परौँ भन्ने भाव बोकेको गीतलाई फाउन्डेसनले उपहार स्वरुप स्विकारेको छ । रङ्गशाला निर्माण कै सहयोगार्थ आयोजना भएको मातृभुमी कपा लाई आधार बनाएर भिडियो निर्माण गरिएको छ । बिहिबार धुर्मुस सुन्तली फाउण्डेसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई सहयोगको लागी प्रेरणा जगाउने गीत को रुपमा धेरैले लिएका छन् ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १४:३६