धनी र गरीबको खाडल हटाउने योजनालाई प्राथमिकता दिनुपर्छ : प्रचण्ड

काठमाडौंं : नेपाल कम्युनिष्ठ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धनी र गरीबीको खाडल हटाउने योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । वर्तमान सरकार धनी र गरीबीको खाडल हटाउनैको लागि खडा भएकोले योजनालाई प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक भएकोमा जोड दिनुभयो ।

विकास परिषद बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले विगतको निरन्तरताले मात्र खाडलन नहटने बताउनुभयो । विगतमा आन्दोलन गर्दा र जनतालाई प्रशिक्षित गर्दा आफूहरुले विभेदको अन्त्य गर्ने भनेकोले सोहीअनुसार अगाडि बढ्नपर्ने बताउनुभयो । नेकपाले वर्ग विभेद हटाउने, सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेकाले सोहीअनुसारको योजना, बजेट बनाएर सुखी नेपाली, सम्मृद्ध नेपाल बन्ने विचार ब्यक्त गर्नुभयो ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार १५:२८