दक्षिण कोरियाद्धारा रुसको केन्द्रीय बैंकसँगको कारोबार कटौती गर्ने घोषणा

सियोल – दक्षिण कोरियाले युक्रेनमाथि रुसी आक्रमणको विरोध जनाउँदै प्रतिबन्ध लगाएको छ । विदेश मन्त्रालयले रुसको केन्द्रीय बैंकसँगको कारोबार कटौती गर्दै प्रतिबन्धको घोषणा गरेको हो ।

युक्रेनमाथिको आक्रमणलाई लिएर मस्को विरुद्ध कडा कदम चाल्ने पश्चिमी राष्ट्रहरूको प्रयासमा कोरियाले पनि साथ दिएको हो ।

अमेरिकाले यसअघि रुसको केन्द्रीय बैंक, वित्त मन्त्रालय र सार्वभौम सम्पत्ति कोषसँगको कारोबारमा प्रतिबन्ध लगाएको थियो।

युरोपेली संघले पनि यस्तै प्रतिबन्धहरु लगाइसकेको छ ।


प्रकाशित | २३ फाल्गुन २०७८, सोमबार १२:००