जापानबाट नेपाल जान चाहने यात्रुहरूले यी शर्त अनिवार्य पालना गर्नुपर्ने

टोकियो । नेपाली राजदूतावास टोकियोले जापानबाट नेपाल जान चाहने यात्रुहरूले ७ बुँदे अनिवार्य पालना गर्नुपर्ने सूचना जारी गरेको छ । राजदूतावास टोकियोले एक विज्ञप्ति जारी गर्दै पालना गर्नुपर्ने नियमहरुबारेमा जानकारी गराएको हो ।

राजदूतावासले जारी गरेको विज्ञप्ति अनुसार हवाई यात्राको लागि चेक इन गर्नु अघि मान्यता प्राप्त कोभिड-१९ परीक्षणशालाबाट जारी पछिल्लो स्याव लिएको ७२ घन्टाभत्रिको कोभिड- १९ परीक्षणको रपोर्ट (पिसिआर) सहित यात्रा गर्नुपर्नेछ । तर पाँच वर्षमुनिका बालबालिकाको पिसिआर रिपोर्ट पेश गर्नु नपर्ने राजदूतावासले जनाएको छ । हेर्नुहोस राजदूतावासले जारी गरेको सूचना जस्ताको तस्तै :-


प्रकाशित | १७ असार २०७८, बिहीबार १३:४९