बाइडनले लिए अमेरिकी राष्ट्रपतिको सपथ

काठमाडौँ । जो बाइडनले बुधबार ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिनु भएको छ ।
अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पार्नु भएका बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराउनु भएको हो । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


प्रकाशित | ८ माघ २०७७, बिहीबार ०८:१७