नेपाल आइडल सिजन- २ का विजेता रवी ओढले ल्याए ‘दिलको फ्रेममा’ नयाँ गीत (भिडियो )

काठमाडौं: नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा रहेको गीत ‘दिलको फ्रेममा’ सार्वजनिक भएको छ । गीतकार देवल भण्डारीको शब्द रचना रहेको गीतको भिडियोमा चर्चीत कलाकार आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् । गीतमा संगीत दिपक शर्माले दिएका छन् । साहस शाक्यको संगीत संयोजन रहेकोे भिडियोको निर्देशन सञ्चारकर्मी तथा फिल्म निर्देशक शुभ्रतराज आर्चायले गरेका हुन् । यो गीत ओएसआर डिजिटलले बजारमा ल्याएको हो ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार २१:२७