कांग्रेसको खस-आर्यतर्फ पुरुष र महिलामा को–को बने विजयी

काठमाडौँ  –  नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्य पुरुष र महिलाको अन्तिम परिणाम आएको छ । खस आर्य पुरुष तर्फ केशव बुढाथोकीले सर्वाधिक मत २ हजार ५४ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै ७ जना निर्वाचित हुने सो क्लस्टरमा गोबिन्द शाह, भीम पराजुली, मधु आचार्य, श्याम कुमार घिमिरे, नारायण बहादुर कार्की, गेहेन्द्र गिरी विजयी हुनु भएको छ ।

यस्तै, कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्य महिलातर्फ मञ्जु खाणले सर्वाधिक मत प्राप्त गर्नु भएको छ । ६ जना खस आर्य महिला केन्द्रीय सदस्यमा नानू बास्तोला, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्या तिमल्सिना पनि विजयी हुनु भएको छ ।


प्रकाशित | ८ पुष २०७८, बिहीबार १८:५३