गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रम छलफलका लागि सोमबार प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रतिपक्ष सांसदहरुले पहिलेका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिनु भएको थियो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिँदै नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजाने बताउनु भयो । मुख्यमन्त्री पोखरेलले सदनमा आफै बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।


प्रकाशित | १ असार २०७८, मंगलवार १७:१९