सूर्यविनायक नगरपालिकाका १० वटै वडामा ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी नि:शूल्क स्वास्थ्य शिविर

भक्तपुर : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल पार्न ‘लैङ्गिक हिंसा अन्त्यको सुनीश्चितता, महिला र बालबालीकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ विविध कार्यक्रमहरु भइरहेका छन् ।

यसै सन्दर्भमा मानवीय विकासमा जोड दिइरहेको सूर्यविनायक नगरपालिकाले भने महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर’ सम्बन्धी निशुल्क स्क्रीनिङ शिविर आयोजना गर्ने भएको छ ।

नगरपालिकाका वरिष्ठ शाखा अधिकृत राजेन्द्र प्रसाद नेपालका अनुसार १८ वर्षदेखि ६५ वर्षमुनिका सबै महिलाहरुलाई लक्षित गरि १० वटै वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमार्फत निशुल्क स्वास्थ्य शिविर आयोजना गरिन लागिएको हो ।

शिविर यही मंसिर १८ गतेबाट शूरु हुनेछ । पहिलो दिन प्राथमिक स्वास्थ्य केन्द्र दधिकोटमा हुनेछ भने मंसिर २९ गते कटुञ्जे स्वास्थ्य चौकीमा पुगेर शिविरको समापन गरिने कार्यक्रम रहेको छ ।


प्रकाशित | १५ मंसिर २०८०, शुक्रबार १६:१३