कांग्रेसमा माथिल्लो तहका नेतामा सुधार नआएसम्म पार्टी जागरण अभियानले खासै अर्थ राख्दैन : गगन थापा

काठमाडौं :  नेपाली कांग्रेसका नेता गगन थापाले माथिल्लो तहका नेतामा सुधार नआएसम्म तल्लो तहमा जागरण अभियान सञ्चालन गरेर मात्र नपुग्ने बताउनुभएको छ । सबैभन्दा पहिला माथिल्लो तहका नेतामा सुधार ल्याउँदै जागरण अभियानको खाँचौ औल्याउनुभयो । नेता थापाले दाङ दङ्गीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माथिल्लो तहमा भइरहेको चरम गुटवन्दी सबैभन्दा पहिला अन्त्य गरेर कार्यर्तामाफ जानुपर्ने धारणा राख्नुभयो ।

‘अहिले जिल्ला तहमा जागरण अभियान चलिरहेको छ, तर त्यो जागरण अभियान माथिसम्म पुग्नुपर्छ’, नेता थापाले भन्नुभयो, ‘माथिल्लो तहका नेतामा पनि जागरण आएन भने पार्टी सुधार हुन सक्दैन ।’ पार्टीभित्रको बिमेललाई मिलाएर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने नेता थापाको भनाइ छ ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार २१:३४