राजस्व अनुदानलाई फलदायी बनाउन सुझाव

काठमाडौं: राजस्व परामर्श समितिले राजस्वमा दिइँदै आएको अनुदानलाई फलदायी बनाउनसुझाव दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष शुक्रबार बुझाइएको समितिको प्रतिवेदनमा राजस्व अनुदानको दुरूपयोग भएको उल्लेख गर्दै यसलाई फलदायी बनाउने सुझाव दिएको हो ।  राजस्वसचिव लालशंकर घिमिरे संयोजकत्वको समितिले पेश गरेको प्रतिवेदनमा गैरकरलाई व्यवस्थित बनाउनका कार्यदेशसहित संस्थागत संरचना बनाउन पनि सुझाव दिइएको छ । अघिल्लो वर्षको भन्दा सानो तर महत्वपूर्ण विषय समेटिएको प्रतिवेदनमा राजस्व नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने नीति, कानुन र करका दर तथा संगठन संरचनामा गर्नुपर्ने लगायतका सुझाव संलग्न छन् । अर्थशास्त्री डा। चन्द्रमणि अधिकारीले कर र गैरकरलाई प्रभावकारी रूपमा परिचालनका लागि यसलाई व्यवस्थित बनाउने गरी सुझाव दिइएको बताए ।

“सबैलाई अहिले एउटै आयकरको दर छ, यसलाई परिवर्तन गरेर दुई वटासम्म बनाउन सकिन्छ,” उनले भने, “धेरै आय गर्नेदेखि साना आय गर्नेसम्मलाई एउटै बनाउने राम्रो होइन ।” यो समाचार आजको कारोबार दैनीकमा प्रकाशित छ । मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीद्वारा जारी विज्ञप्तिका अनुसार सुदृढ संघीय वित्त व्यवस्था, लगानी तथा निर्यात प्रवद्र्धन, पूर्वाधार विकास तथा व्यापार सहजीकरण, राजस्व चुहावट नियन्त्रण लगायत समेटिएको छ ।

प्रतिवेदनमा प्राकृतिक स्रोतसहित अन्य स्रोतको राजस्व बाँडफाँडको पारदर्शी सूचक प्रणालीको विकास लगायत उल्लेख छन् । प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले राजस्व प्रणालीको सुधारलाई निरन्तर अघि बढाइने र करको दायरा विस्तार सरकार प्रतिवद्ध रहेको बताए ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १०:५०