युरोकप फुटबल : स्पेन र स्विडेनबीच गोलरहित बराबरी

काठमाडौँ । युरोकप फुटबलमा स्पेन र स्विडेनबीचको खेल गोलरहित बराबरी भएको छ । स्पेनले खेल अवधिभर स्विडेनलाई दबाबमा राखेको थियो । तर पनि गोल भने हुन सकेन ।

सेभियामा भएको खेलमा स्विडेनका गोलकिपर रोबिन ओल्सेनले पनि निकै उत्कृष्ट बचाऊहरु गरे । खेलका स्पेनिस स्टार कोके र अल्भारो मोराटाले गोल गर्ने केही उत्कृष्ट अवसरहरु गुमाएका थिए ।

यता, स्विडेनका अलेक्स्यान्द्रर ईसक पनि स्पेनका लागि खतराका रुपमा उभिएका थिए । तर, गोल दुबै पक्षले गर्न सकेनन् । यस समूहको अर्को खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ ले हरायो ।


प्रकाशित | १ असार २०७८, मंगलवार १०:३२