लकडाउन खुलेसँगै मुस्कुराउँदै पेरिस, नेपाली होटल तथा रेस्टुरेन्ट पनि सञ्चालनमा आउँन थाले

पेरिस (फ्रान्स ) : पेरिसमा लकडाउन खुलेको करिव दुई साता पुग्न लागेको छ । महिनौ देखिको लकडाउनको अवस्था अन्त्य भएसँगै पेरिसमा मानीसहरुको चहलपहल बढ्न थालेको छ । पेरिसमा यही मे ११ तारिखदेखि लकडाउन खुलेको हो ।

लकडाउन खुलेसँगै यहाँको जनजीवन विस्तारै सामान्य बन्दै जान थालेको छ । लकडाउन खुले पनि सरकारको कडा नियम भने अनीवार्य पालना गर्नुपर्नेछ । घरबाट बाहिर निस्कदा माक्स्क अनीवार्य गरिएको छ भने सामाजीक दूरी १ मिटर कायम गरिएको छ ।

एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाही (ठकुरी ) लकडाउन खुलेसँगै जनजीवन विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताउनुहुन्छ । सरकारले निश्चित मापदण्ड तोकेर लकडाउन खोलेसँगै जनजीवन सामान्य बन्दै गएको अध्यक्ष शाही बताउनुहुन्छ ।

अध्यक्ष साहीका अनुसार ठूलाठूला होटलहरु भने बन्द छन् । सरकारले ठूलाठूला होटलहरुलाई कोभिड १९ शूरु भएसँगै हस्पिटल बनाएको थियो । कोरोना संक्रमीतको संख्या घटे पनि कोरोनासँग लडिरहेकाको अहिले पनि उपचार जारी छ ।

‘घरभन्दा बाहिर हिड्दा माक्स्क अनीवार्य गरिएको, १ मिटरको सामाजीक दुरी कायम गर्नुपर्ने नियम रहेको छ’, अध्यक्ष शाही भन्नुहुन्छ, ‘लकडाउन खुलेपछि मानीसहरु आवश्यक सावधानी अपनाउँदै नडराइकन निर्धक्कपूर्वक हिडीरहेको पाइन्छ । शूरु शूरुमा डर भएपनि अहिले मानीसमा डर हटिसकेको देखिन्छ ।’

पेरिसमा माक्स्क स्थानीय नगरपालिकाले पनि वितरण गरिरहेको र ठाउँठाउँका स्टेशनमा पनि राखिएको छ । सरकारी नियम ठाउँअनुसार फरक फरक छ । मेट्रो स्टेशन, सार्वजनीक तथा सरकारी बसहरु, रेल सबै खुलेको छ । तर यात्रा गर्दा एक एक सिट छाडेर सामाजीक दूरी कायम गरेर बस्नुपर्ने नियम छ । प्राइभेट गाडीमा २ २ जना टाँसिएर बस्न मिल्दैन, अगाडि पछाडि दूरी कायम गरेर बस्नुपर्ने नियम छ । नियम उल्लंघन हुने बित्तिकै सजायको भागीदार हुनुपर्छ ।

पेरिस आंशिक खुलेको देखिन्छ । लगभग ६० प्रतिशत खुलेको अनुमान लगाउन सकिन्छ, निरन्तर खुल्ने क्रम पनि जारी छ, विद्यालयको १ देखि ३ कक्षासम्म सञ्चालनमा आएको छ, पुस्ताकालय, विश्वविद्यालय बन्द छ । साथै उडानहरु सबै बन्द छन् ।

सरकारले साना ब्यवसायीलाई जोगाउन तथा डुम्न नदिनको लागि कर छुट गरि आर्थिक प्याकेज ल्याएको छ । घरभित्रै बसेर पनि कामदारहरुले ८४ प्रतिशतसम्म तलव पाइरहेका छन् । ग्रिन एरियामा भने होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आइसकेका छन् ।

नेपाली रेष्टुरेन्ट ब्यवसायी नारायण न्यौपाने पेरिसमा करिव करिव ८० देखि ९० प्रतिशत नेपाली ब्यवसायीले आफनो ब्यवसाय सूचारु गरिसक्नु भएको बताउनुहुन्छ । सञ्चालक न्यौपानेका अनुसार रेष्टुरेन्टमा मान्छे आएर बस्ने खाने सुविधा छैन । अनलाइनको माध्यमबाट टेक अ वेय र होम डेलिभरिको सुविधा प्रदान गरिएको छ । न्यौपानेको पेरिसमा तीन वटा रेष्टुरेन्ट छन् । अहिले सबै रेष्टुरेन्ट सञ्चालमा आइसकेको छ ।

साथै रेष्टुरेन्ट काम गर्ने सबैलाई माक्स्क अनीवार्य गरेर, सामाजीक दूरी कायम गर्दै ढोका निर काउन्टर राख्दै सञ्चालनमा ल्याइएको र ब्यापार लकडाउन गर्नु अघिको जस्तै रहेको सञ्चालक न्यौपानेले विश्व सन्देशलाई जानकारी गराउनुभयो ।

‘अधिकांश डिमान्ट अनलाइनमार्फत आउँने गरेको छ’, सञ्चालक न्यौपाने भन्नुहुन्छ, ‘डिमान्टअनुसार होम डेलिभरिको सुविधा प्रदान गरिरहेको र होम डेलिभरि गर्न जाने ब्यक्तीलाई पनि माक्स्क अनीवार्य गरिएको छ । आवश्यक सबै सुरक्षा अपनाएर रेष्टुरेन्ट सञ्चालन गरिरहेका छौ । साथै रेष्टुरेन्टमा जो कोही प्रवेश गर्ने बित्तिकै सेनिटाइजर लगाएर हात धोएपछि मात्र आउँन दिइएको छ । पेरिसको ग्रिन एरियामा जुन २ तारिखदेखि ठूला रेष्टुरेन्ट, सिनेमा र बार पनि खुल्ने सरकारले तयारी गरेको छ ।’


प्रकाशित | ११ जेष्ठ २०७७, आईतवार २१:१७