आकासियो तरकारीको भाउ, सबैभन्दा महङ्गो गोलभेडा

काठमाडौं: जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको हो । झापाको बिर्तामोडमा रहेको प्रदेश –१ कै ठूलो कृषिथोक बजारमा गोलभेडा प्रतिकेजी ८० रुपैयाँ (खुद्रा) बिक्री हुँदै आएको छ ।

गतवर्ष गोलभेडाले बिक्री नभएपछि कृषकले राजमार्गमा फ्याँकेका थिए । गतवर्ष बिक्री नभएपछि किसानले गोलभेडा खेती घटाएको बताइएको छ । उत्पादन कम भएका कारण यस वर्ष मंहगीको सबैभन्दा प्रभाव गोलभेडामा परेको देखिन्छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार ०९:५७