खुलामञ्च अतिक्रमणको विरोधमा प्रदर्शन

काठमाडौं : काठमाडौं भ्यू टावर बनाउने जिम्मा लिएको जलेश्वर स्वच्छन्द र बिकोई कम्पनीले खुलामञ्च अतिक्रमण गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । विरोधमा स्थानीय सर्वसारधण र सम्पदा संरक्षण बचाउ अभियान्ताहरु उत्रिएका हुन । । ‘खुलामञ्चमा व्यापार गर्न पाइँदैन, बन्द गर’ भन्दै अभियान्ताहरुले पुरानो बसपार्कमा बनाइएको ४२ सटरलाई बन्द गर्न आग्रह समेत गरे ।

‘खुलामञ्च कहाँ छ, खोइ ?’ ‘खुलामञ्च कहाँ छ खुला ?’ ‘खुलास्थान माफियाले मास्न पाइँदैन ? लगायतका नारासहित उनीहरु विहीबार दिउँसो खुलामञ्चमा विरोध प्रदर्शनमा उत्रिएका हुन् । विरोध प्रदर्शन खुलामञ्चस्थित अस्थायी बसपार्कबाट सुरु भइ काठमाडौं महानगरपालिका पुगेर समाप्त भएको थियो । विरोध प्रदर्शनीमा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, नयाँ शक्तिकी नेतृ मानुषी भट्टराई लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १६:४३