वाह ! यत्ति सफा सूर्यविनायक नगर अस्पताल (फोटोफिचर)

भक्तपुर:  भक्तपुरको जगातीस्थित अरनीको राजमार्ग सँगै रहेको सूर्यविनायक नगर अस्पताल पुग्दा जो कोहीले छुट्टै आनन्दको महसुस गर्छन । काठमाडौंलगायतका विभिन्न अस्पतालमा निकै साँघुरो ठाउँ र बेड देख्ने जोकोही एक पटक सूर्यविनायक अस्पताल पुग्नु भयो भने छुट्टै आनन्दको महसुस गर्नुहुन्छ ।

२५ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालको दृश्य, अस्पताल परिसरमा विरामी कुरुवाको लागि बस्ने निकै सुन्दर ठाउँ, सफा शौचालय, सफा बेड र वरिपरिको वातावरणले सबैलाई लोभ्याउँछ । लाग्छ, अस्पताल भनेको त यस्तो पो हुनुपर्छ !

निकै सफा र सुन्दर रहेको बालमैत्री तथा अपांगमैत्री अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रे, खोप सेवा र फार्मेसी सेवालगायत आवश्यक सबै सेवा २४ सौं घन्टा सञ्चालन हुँदै आएको छ ।

आफ्नै अक्सिजन प्लान्ट रहेको अस्पतालमा स्थानीय जनसमुदायहरुले पनि यहिबाट कम मुल्यमा अक्सिजन भरेर लग्ने गरेका छन् जसले गर्दा स्थानियहरु लाभान्वित भएका छन् ।

सूर्यविनायक नगरपालिकाका मेयर तथा नगर अस्पतालका अध्यक्ष बासुदेव थापा

This image has an empty alt attribute; its file name is IMG_1553-1-1024x683.jpg

अरनिको राजमार्गसँगै जोडिएको हुनाले नगरवासीका साथै काभ्रेपलाञ्चोक, सिल्धुपाल्चोक, दोलखा र सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेका समेत उपचारका लागि आउने गरेका छन् ।

राजमार्गको नजिक रहेको कारण दैनिक हुने दुर्घटनाका केशहरु बढी आउने गरेको अस्पतालले जनाएको छ ।

ओपिडीमा दैनिक १५० भन्दा माथिले सेवा लिइरहेको अस्पतालमा चालु आर्थिक वर्षको ६ महिनाभित्र मात्रै ७ हजार ९६४ जनाले ल्याव सुविधाको प्रयोग गरेका छन् ।

नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउँदै विशेष छुटको ब्यवस्था पनि गरिएको छ ।

सूर्यविनायक नगरपालिकाका मेयर तथा नगर अस्पतालका अध्यक्ष बासुदेव थापाले अस्पतालमा बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो । नगरबासीको स्वास्थ्य सेवालाई ध्यानमा राखेर अस्पताल संचालनमा ल्याएको बताउँदै मेयर थापाले अस्पताल संचालनमा आएबाट हजारौ सर्वसाधारणहरु लाभान्वित भइसकेको बताउनुभयो ।

तस्विरमा हेर्नुहोस नगर अस्पताल

 


प्रकाशित | २७ माघ २०७९, शुक्रबार १८:०२