भारतको सहयोगमा सूर्यविनायक नगरपालिका र मानवीय आस्थालाई एम्बुलेन्स हस्तान्तरण

भक्तपुर । भारत सरकारको सहयोगमा सूर्यविनायक नगरपालिका र मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी एम्बुलेन्स हस्तान्तरण गरिएको छ । भक्तपुरका सांसद महेश बस्नेत र नगरपालिकाका मेयर बाशुदेव थापाले संयुक्त रुपमा एम्बुलेन्स उद्घाटन गर्नुभयो ।

निर्माणाधिन सु्विधा सम्पन्न सूर्यविनायक नगर अस्पतालको प्राङ्गणबाट उद्घाटन गरिएको हो । हस्तान्तरण पश्चात उद्घाटन गरिएसँगै विरामीले एम्बुलेन्स नपाउने समस्या कम भई सहज हुने सांसद बस्नेतले विश्वास व्यक्त गर्नुभयो । नगर अस्पताल तत्कालै सञ्चालनमा आउने जानकारी गराउँदै अस्पताल सञ्चालनमा आएसँगै उपचार तथा सुविधा अभावका कारणले भक्तपुरका जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

मेयर थापाले नगरका जनताको जीवन रक्षाको निम्ती अरोरात्र खटिरहेको उल्लेख गर्दै नगरभित्रका जनतालाई कोरोनाका कारण उपचारमा कुनै समस्या हुन नदिने बताउनुभयो । नगर अस्पताल समेत सञ्चालनको अन्तिम चरणमा रहेको जानकारी गराउँदै वर्तमान समयमा समेत नगरपालिकाले जनतालाई कोरोनाको खोप तथा स्वास्थ्य सुरक्षाको विषयमा गंभिरताका साथ लिई निशुल्क रुपमा कोरोना परिक्षण गरिरहेको बताउनुभयो । भक्तपुरका जनताले विरामी भएको अवस्था एम्बुलेन्सको सुविधान नभएमा २४सैं घण्टा ९८०८५२९३८३ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।


प्रकाशित | ४ जेष्ठ २०७८, मंगलवार १७:००