एनसेल सिम प्रयोग नगर्न युवा-विद्यार्थी संगठनले गरे संयुक्त अपिल

काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गर्दै एनसेलविरुद्ध अभियान थालेका छन् । एक बिज्ञप्ति जारी गर्दै भनीएको छ, ‘एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्न, नगराउन मातहतका सबै साथीहरु र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’

बिज्ञप्तिमा वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले बिहीबार संयुक्त विज्ञप्ति निकालेर एनसेलको सिम कार्ड प्रयोग नगर्न अपिल गर्दै २४ घण्टाभित्र एनसेलले कर नतिरेमा दबावका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १३:४०