काठमाडौं । गैर आवासीय नेपाली संघका धेरैजसो राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । विश्व सन्देशलाई प्राप्त पछिल्लो अपडेट अनुसार हालसम्म २० वटा देशमा सर्वसम्मत र चार वटा देशमा निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन भएको छ ।
हालसम्म २४ देशमा नेतृत्व चयन भइसकेको छ भने आज मात्रै नयाँ नेतृत्व चयनका लागि थाइल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनीमा निर्वाचन भइरहेको छ । सर्वसम्मत हुन नसकेका धेरै देशको निर्वाचन यही जुलाई ३१ तारिखका दिन तोकिएको छ ।
अन्तराष्ट्रिय समन्वय परिषद्ले यही जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गर्न सबै एनसिसीहरुलाई निर्देशन दिए बमोजीम एनसिसीहरु निर्वाचनमा केन्द्रित भइरहेका छन् ।
यस्ता छन् सर्वसम्मत नेतृत्व चयन भएका देशहरु
१. एनआरएनए स्वीडेन -राजकुमार पाठक
२. एनआरएनए फिनल्याण्ड -शेखर आचार्य
३. एनआरएनए इजरायल- गणेश गिरी
४. एनआरएनए युगान्डा -बिनोद थापा
५. एनआरएनए कुवेत -राणाध्वज लामा
६. एनआरएनए आयरल्याण्ड- बिनोद कार्की
७. एनआरएनए टर्की -उज्जल कुमार घिसिङ
८.. एनआरएनए सेल्सेल्स- मनोज विक
९. एनआरएनए कंगो -अृमत क्षेत्री
१०. एनआरएनए इटली -छविलाल कँडेल्
११. एनआरएन हङकङ- गोकर्ण ढकाल
१२..एनआरएनए केन्या- कृष्ण प्रसाद गैरे
१३ एनआरएनए मलेसिया- बिनोद कुमार थापा
१४ . एनआरएनए कोरिया -दीपक पुन
१५.. एनआरएनए म्यानमार- देवेन्द्र नौलखा
१६. एनआरएनए घाना- रोशन श्रेष्ठ
१७. एनआरएनए लक्जेम्वर्ग -हरि खत्री
१८.एनआरएनए स्वीटजरल्याण्ड- एल्मर लामा
१९. एनआरएनए कतार- मोहम्मत -मुक्तदा मुसलमान
२०. एनआरएनए ओमान -विकल झा
निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन भएका देशहरु
२१. एनआरएनए अमेरिका -बुद्धि सागर सुवेदी
२२.. एनआरएनए पोल्याण्ड -जीवन केसी
२३. एनआरएनए बहराईन- लक्ष्मी गिरी
२४ एनआरएनए थाइल्याण्ड- भबिन्द्र बस्नेत
प्रकाशित | १० श्रावण २०७८, आईतवार १६:४१
Leave a Reply