जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बेच्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको जानकारी दिनु भयो ।

सरकारले पत्रकार बन्न जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने तयारी गरेको छ । मन्त्री पार्वत गुरुङले सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको बताउनु भयो ।

त्यस्तै, मन्त्रिपरिषदको बैठकले परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनु भयो ।


प्रकाशित | २१ जेष्ठ २०७८, शुक्रबार १७:०५