नेपाल अपराजित रहदै फाइनलमा

काठमाडौं: नेपाल अपराजित रहदै बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३(० को सेटमा पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

अब नेपालले उपाधिका लागि माल्दिभ्ससँग नै खेल्नेछ । माल्दिभ्स पनि लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको छ । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५-१४, २५-६ र २५-१३ को सेटमा पराजित गर्यो ।  खेलमा नेपालकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच चुनिए । यस अघि नेपालले अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।


प्रकाशित | २७ कार्तिक २०७६, बुधबार २०:३८