पछिल्लो २४ घन्टामा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा संक्रमितभन्दा निको हुनेको संख्या धेरै रहेको छ । थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ७१६ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशभर हाल १ लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ। देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन्।


प्रकाशित | १२ जेष्ठ २०७८, बुधबार १७:३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!