एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ को पुरस्कार वितरण

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो साताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरूलाई जनही २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक साता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

योजनाको पहिलो साता मंसिर १–७० का पाँच विजेता ग्राहकहरूलाईमध्ये बिहीबार दुई ग्राहकले जनही २ लाख रुपैयाँ नगद पुरस्कार ग्रहण गरेका छन् । बाँकी विजयी ग्राहकहरूले आवश्यक प्रमाणीकरणको प्रक्रियापश्चात् उनीहरूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गर्न सक्नेछन् ।

पहिलो साताका पाँच विजयीमध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफूले पाएको नगद २ लाख रुपैयाँ पुरस्कार बिहीबार एक कार्यक्रममाझ ग्रहण गरेकी छिन् । त्यसैगरी एनसेल सेन्टर वीरगन्जबाट बाराका मनोजकुमार यादवले पनि २ लाख रुपैयाँ पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् ।


प्रकाशित | १९ मंसिर २०७६, बिहीबार ११:२६