विदेशमा हालसम्म ३५ हजार ९ सय १६ नेपाली कोरोना संक्रमण मुक्त

काठमाडौं : विश्वका ४२ देशमा रहेका ३५ हजार ९ सय १६ जना नेपाली कोरोना संक्रमणमुक्त भएका छन् । यो कोरोना संक्रमित नेपालीको ९२ प्रतिशत हो । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हालसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको ज्यान गएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण हालसम्म विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको हो ।

समितिका संयोजक डा. संजीव सापकोटाले यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिनुभयो ।


प्रकाशित | १८ आश्विन २०७७, आईतवार १४:२८