हावाहुरी प्रभावीत क्षेत्रमा पुगे प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीसहितको टोली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, कांग्रेस नेता विमलेन्द्र निधिसहितको टोलीले हावाहुरी प्रभावित क्षेत्रमा निरीक्षण गरेको छ । आज बारा पुगी टोलीले घटनास्थल निरिक्षण गरेको हो । प्रधानमन्त्री सहितको टोलीले घटनास्थल बाराको फेटा गाउँपालिकाको हेलिकोप्टरबाट निरिक्षण गरेर घाईतेहरुलाई भेट्न नारायणी उपक्षेत्रीय अस्पतालतर्फ पुगेको छ । बाराका प्रहरी नायव उपरिक्षक होमबहादुर शाहीका अनुसार घटनास्थलको निरीक्षणमा गृहसचिव प्रेमकुमार राईसहितको टोली खटिएको छ ।

त्यस्तै, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव स्वास्थ्यकर्मी सहित अस्पताल पुगी घाइतेको अवस्था बुझनु भएको छ । मुख्यमन्त्री राउतले बारा र पर्सामा राहत वितरणका लागी टोली खटाइएको जानकारी गराउँदै घाइते भएकाहरूलाई रगत अभाव भएपछि चितवनमा रगत संकलन भइरहेको बताउनुभयो । उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटीरहेको छ ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार १५:५१