ओली र प्रचण्डबीच गल्ती कमजोरीलाई आत्मालोचना गर्दै मिलेर जाने सहमति

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिलेसम्म भएका गल्ती कमजोरीलाई आत्मालोचना गर्दै मिलेर जाने सहमति भएको छ । आज करिब डेढ घन्टा चलेको छलफलपछि अहिलेसम्म भएका गल्ती कमजोरीलाई आत्मालोचना गर्दै मिलेर जाने सहमति भएको हो ।

छलफलमा दुवै अध्यक्षले यो बीचमा भएका गल्ती र एकले अर्कोलाई लगाएको आरोपबारे पनि समिक्षा गर्नुभएको छ । यसअघि दुई अध्यक्षबीच आरोप प्रत्यारोपका कारण संवादको वातावरण समेत भएको थिएन । अब पार्टीको सम्पूर्ण समस्या दुई अध्यक्ष बसेर टुङ्गाउने सहमति भएको नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार पार्टीभित्रको सम्पूर्ण समस्याको समाधन दुई अध्यक्ष बसेर नै टुङ्गाइने सहमती पनि भएको छ । त्यस्तै, छलफलमा पार्टी एकतालाई खलल पुर्‍याउने गरी बाहिर चर्चा भएको पाँचबुँदे सहमतिलाई लिएर दुवै अध्यक्षले आपत्ति समेत जनाउनुभएको छ । सोमबार अध्यक्षद्वयबीच छलफल गरेर नेकपा स्थायी कमिटी बैठक बस्ने भनिएकोमा बैठक भने असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भइसकेको छ।


प्रकाशित | २२ असार २०७७, सोमबार १३:३२