भूकम्प पीडितको राहत तथा उद्धार कोषमा कृष्णजीवी पन्थले गरे २ लाख १११ सहयोग

काठमाडौं:  राजेन्द्र कुमार शर्मा नेतृत्वको गैर आवासीय नेपाली संघले खडा गरेको राहत तथा उद्धार कोष सचिव कृष्णजीवी पन्तले रु २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको छ । पन्थले आफ्नो व्यक्तिगत तर्फबाट सो सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको हो ।

संघले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा पनि गरेको छ । शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको छ।


प्रकाशित | १९ कार्तिक २०८०, आईतवार ०९:३१