फाइनलमा बायर्न र टोटेनहम भिड्ने

एजेन्सी – रियल म्याड्रिडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको टोटेनहम हट्स्परले औडी कप उपाधिका लागि बायर्न म्युनिखको सामना गर्ने भएको छ । टोटेनहमले मंगलबार भएको खेलमा रियललाई १-० ले पराजित गरेको थियो । ह्यारी केनले गरेको निर्णायक गोलमा इंग्लिस टोलीले जित दर्ता गरेको थियो । अर्को सेमिफाइनलमा जर्मन क्लब बायर्नले टर्किस क्लब फेनेरबाचेलाई पराजित गरेको हो ।

थोमस मुलरले ह्याट्रिक गरेपछि बायर्नले ६-१ को जित दर्ता गरेका थिए । बायर्नका लागि रेनाटो सान्चेस, लिओन गोरेट्जका र किंग्सले कोमानले १-१ गोल गरे । पराजित टोली रियल र फेनेरबाचेले बुधबार नै तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । बायर्न र स्पर्सले उपाधिका लागि खेल्नेछन् ।


प्रकाशित | १५ श्रावण २०७६, बुधबार १८:२०