अब हरेक गैर आवासीय नेपालीले एक रुपैयाँ पनि नतिरी पञ्जीकृत सदस्य बन्न सक्ने बनाउँछौ: कुमार पन्त

जर्मनी : गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुमार पन्तले एनआरएन स्थापना भएको १६ वर्षको इतिहासमा एनआरएनमा ठूलो परिवर्तनको आवश्यकता देखिएको बताउनुभएको छ ।

एनआरएनलाई संस्थागत संरचनामा परिवर्तन ल्याउने उ्दघोष गर्दै पन्तले अब हरेक गैर आवासीय नेपालीले एक रुपैयाँ पनि नतिरी एनआरएनएको पञ्जीकृत सदस्यता बन्न सक्ने गरि संघले मार्गप्रशस्त गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पञ्जीकृत सदस्य बन्न हाल कायम सदस्यता शूल्क आगामी दिनमा पूर्णतय: अन्त्य गर्ने पन्तको भनाइ छ ।

एनअरएनए जर्मनीको कार्यभार हस्तान्तरण तथा सम्मान कार्यक्रमा बोल्नुहुँदै अध्यक्षका उम्मेदवार पन्तले एनआरएनलाई प्रतिनिधिमूलक बनाउन आवश्यक रहेकोमा जोड दिर्दै  अब काठमाडौंमा गएर लाइन लागेर भोट हाल्नुपर्ने अवस्थाको अत्य हुने समेत बताउनुभयो । आगामी दिनमा घरघरमा बसेर अनलाइन भोटिगं गर्न मिल्ने गरि सिस्टम परिवर्तन गरिने बताउनुभयो ।

पञ्जीकृत सदस्यता विस्तार अभियानलाई अगाडि बढाउन विशेष प्याकेज ल्याएर अगाडि बढ्ने आफनो योजना रहेको भन्दै पन्तले अब पाँच वा दस डलर लिएर सदस्यता बन्ने प्रथाको अन्त्य गर्ने उद्घोष गर्नुभयो ।

‘अब कुनै पनि एनसिसीले सदस्यता बनाउँदा पैसा लिन नपाउने ब्यवस्था गछौ, पन्तले भन्नुभयो, ‘आजको युग वा प्रविधिको जमानामा नेतृत्व चयन गर्न काठमाडौंमा गएर भोट हाल्न नपर्ने सिस्टम बनाउँछौ ।’

गैर आवासीय नेपालीको नेटवर्कको सबैले प्रत्यक्ष फाइदा लिन पाउनुपर्ने बताउँदै पन्तले अबको केहि वर्षमा ५-१० लाख सदस्य बनाउन कुनै समस्या नहुने बताउनुभयो । गैर आवासीय नेपाली संघमार्फत विभिन्न कर्पोरेट संघसंस्थाबाट सहुलियत तथा सुविधाको लागि प्याकेज प्राप्त भइरहेको भन्दै आगामी दिनमा ८० लाख गैर आवासीय नेपालीले लाभ लिने गरि संस्थागत परिवर्तन गर्ने योजनाका साथ आफू अगाडि बढ्ने बताउनुभयो ।

विश्वभरी झन्डै ८० लाख गैर आवासीय नेपाली भइरहँदा एनआरएनएमा पुगनपुग ८० हजार पनि सदस्यता बनाउन नसकिएको भन्दै पन्तले सबै गैर आवासीय नेपाली माझ एनआरएनए पुग्ने गरि संस्थागत संरचना परिवर्तन गरेर संस्थालाई नयाँ ढंगले अगाडि बढाउने बताउनुभयो ।

आगामी कार्यकालमा एनआरएनएलाई ८० लाख गैर आवासीय नेपालीको साझा संस्था बनाउने, विशेष गरि श्रमीक वर्गको हितमा संस्थालाई केन्द्रित गरेर बढ्ने र विदेशी ज्ञान, सिप र प्रविधिलाई जसरी पनि नेपालको सम्मृद्धिको लागि हस्तान्तरण गर्नुपर्छ भन्ने संकल्प पूरा गर्न लागिपर्ने गरि आफूले कार्ययोजना बनाएर अगाडि बढिरहेको समेत बताउनुभयो ।

पन्तले भन्नुभयो, ‘गैर आवासीय नेपाली संघमा ठूलो परिवर्तनको आवश्यक देखिएको छ । संस्थाभित्र भएका विकृति लुकाउने नभई टेवुलमा ल्याउनु पर्छ र समाधानको लागि पहल गर्नुपर्छ, हामीले खुट्टा नकमाई समस्याहरु टेवुलमा ल्याएर अगाडि बढिरहे्का छौ ।’ संस्थाभित्रको विकृतिलाई रोक्न नसके संस्थाको भविष्यमाथि प्रश्नचिन्ह्र खडा हुने भन्दै पन्तले सबै अभियन्ताहरु निकै सचेत र चलाखो भएर अगाडि बढ्नुपर्ने खाँचो समेत औल्याउनुभयो ।


प्रकाशित | ११ आश्विन २०७६, शनिबार २२:०८